Section 10
क. मूल पूजारी तथा अन्य पूजारीको नियुक्ति :

१०.क.१ श्री पशुपतिनाथको मन्दिरको मूल पूजारी तथा अन्य पूजारी र वासुकिनाथको मन्दिरको पूजारीको नियुक्ति परिषद्को सिफारिसमा संरक्षकबाट हुनेछ

१०.क.२ उपदफा १०क.१ मा उल्लेख भएका बाहेक अन्य मठ मन्दिरको पूजारी, भण्डारी र विसेटको नियुक्ति परिषद्‌बाट हुनेछ ।